Comments Add Comment

थाइल्याण्डका प्रशिक्षकले भने : नेपाली बक्सिङ खेलाडी निकै मिहिनेती

१० भदौ, काठमाडौं । नेपाली बक्सिङ खेलाडी निकै मिहिनती रहेको थाइल्याण्ड बक्सिङका मुख्य प्रशिक्षक सुवानले बताएका छन् ।

नेपाल बक्सिङ संघका सदस्य एवं अन्तर्राष्ट्रिय समन्वय संयोजक श्याम अवालेले १३ औं दक्षिण एसियाली प्रतियोगिता (साग) का लागि थाइल्यान्डमा प्रशिक्षणमा रहेका बक्सिङ खेलाडीहरुको निरीक्षण गरेका थिए । निरीक्षणकै बेला थाइल्याण्डका मुख्य प्रशिक्षकले नेपाली खेलाडीको बारेमा तारिफ गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली खेलाडी निकै मिहनेती छन् । नेपाली खेलाडीलाई प्रशिक्षण गराउन पाउँदा खुशी लागेको छ ।’

त्यस्तै, नेपालको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले दुई महिनाको थाइल्याण्डको तालिम निकै फलदायी भएको भन्दै राम्रो नतिजा आउने दाबी गरे ।

निरीक्षणमा गएका अवालेले थप वैदेशिक प्रशिक्षणका लागि विभिन्न देशहरुमा बक्सिङ संघले प्रयत्न गरिहेको जानकारी गराए । उनले दुई महिनाको तालिममा करिब ६० हजार ६०० अमेरिकी डलर खाना र होटलमा खर्च भएको र यो सम्पूर्ण खर्च थाइल्याण्ड बक्सिङ संघलाई उपलब्ध गराइदिन आग्रह पनि गरे ।

नेपाली टिम बुधबार स्वदेश फर्किदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment