Comments Add Comment

घर सजावटमा पर्दाको भूमिका

घर एउटा यस्तो स्थान हो, जहाँ मानिस दिनभरि कामबाट थाकेर आएपछि सारा थकान बिसाउन चाहान्छ । अझ गृहिणीको लागि त घर नै उनको संसार हुन्छ । त्यसैले घरको महत्व नै छुट्टै हुनु स्वभाविक नै हो । साथै घर सुन्दर र शान्त हुनु पनि उत्तिकै आवश्यक छ ।

घर सुन्दर र शान्त देखिनुमा सजावटले धेरै महत्वपूर्ण भूमिका खेलेका हुन्छ । घर सजावटको कुरा गर्दा कोठाका झ्यालमा लगाइने पर्दाको भूमिका पनि अति नै महत्वपूर्ण हुन्छ । कुनै समयमा पर्दाको प्रयोग केवल बाहिरबाट घर भित्र नदेखियोस् भन्नाका लागि गरिन्थ्यो । तर, आज पर्दाको प्रयोग घरको सुन्दरता बढाउनका लागि गरिन्छ । आज इन्टेरियरको नयाँ ट्रेन्डमा पर्दाको महत्व प्रमुख हुन थालेको छ ।

आज पर्दाको प्रयोग कोठाको भित्ता, झ्याल तथा ढोकाको सुन्दरता बढाउन र तिनीहरुमा नयाँपन ल्याउनको लागि गरिन्छ । त्यसैले पर्दाको प्रयोग केवल गोप्यता कायम गर्नको लागि मात्र नभएर घरको सुन्दरता बढाउनको लागि पनि हो भन्ने बुझ्नुपर्छ ।

पर्दाहरु विभिन्न डिजाइन, कपडा र रंगहरुमा उपलब्ध छन् । केही पर्दाहरु कपडा बाहेक अन्य मेटेरियलबाट पनि बन्न थालेका छन् । यसले कोठाको सम्पूर्ण डिजाइनलाई नै बदलिदिन्छ । घरको मात्र नभएर अफिस अथवा अन्य ठाउँको पर्दाको स्टाइलमा पनि धेरै परिवर्तन आइसकेको छ ।

पर्दाको छनौट गर्दा कोठाको भित्ता, झ्याल र ढोकामा भएका रंगलाई ध्यान दिनु आवश्यक छ । पर्दाको कपडा र त्यसको रंगमा पनि ध्यान दिनु पर्छ । त्यस्तै जुन ठाउँमा पर्दा हाल्ने हो, त्यहीअनुसार पर्दा डिजाइन गर्न सकिन्छ ।

यदि बच्चाको कोठामा पर्दा हाल्न लाग्नु भएको छ भने त्यसको डिजाइन बच्चालाई मन पर्ने किसिमको हुनु पर्छ । इन्टेरियरको नयाँ ट्रेण्डअनुसार पर्दाको प्रयोग कोठाको झ्यालहरुमा हुँदैछ भने कोठामा राखिएको कार्पेटको रंगसँग पर्दाको तालमेल हुनु पर्छ ।

केही एन्टेरियर डिजाइनर कार्पेटको रंगसँग मेल खाने र केही कार्पेटको रंगभन्दा फरक राख्ने सल्लाह दिन्छन् । हिजो-आज क्रिम र बदाम कलरको पर्दा बढी चलनमा छ ।

पर्दासँगै त्यसलाई टाङ्ने रडहरु पनि सुन्दर हुनु आवश्यक छ । हिजो-आज पर्दा टाङ्नका लागि गोल्डेन रडको प्रयोग बढी हुन्छ । यसबाहेक पर्दा टाङ्नका लागि स्टीलका रडहरु पनि धेरै प्रयोग हुन थालेको छ । यस्ता रडहरु छिट्टै बिग्रदैनन् र मजबुत पनि हुन्छन् ।

यदि तपाईं दिउँसो पनि पर्दा लगाइराख्न चाहनु हुन्छ र कोठामा पनि उज्यालो, सुन्दर रहिरहोस् भन्ने चाहनु हुन्छ भने तपाइर्ंले पारदर्शी कपडाको अथवा नेटको पर्दा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाइर्ंको कोठा सानो छ भने सादा र ठूलो बुट्टा भएको पर्दा लगाउनु पर्छ । हल्का रंगको पर्दा हाल्दा गर्मीको अनुभव कम हुन्छ । कपडाको पर्दाहरु जस्तै नेट, कटन, सिल्क, लिनेन जस्ता फेबि्रकको प्रयोग धेरै मात्रामा हुन थालेको छ ।

पर्दा परिवर्तन गर्नको लागि पर्दा च्यातिनु नै पर्छ भन्ने हुँदैन । सकेसम्म वर्षमा एक पटक पर्दा परिवर्तन गर्नु पर्छ । तपाईंको कोठाको झ्याल-ढोकाको आकार मिल्छ भने एउटा कोठाको पर्दा अर्को कोठामा हालेर केही परिवर्तन पनि ल्याउन सक्नु हुन्छ ।

कोठालाई सुन्दर बनाउनका लागि पर्दाको भूमिका महत्वपूर्ण हुने भएकाले बजारमा आज नयाँ-नयाँ डिजाइन, कपडा र रंगहरुका पर्दाहरु आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment