+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्याङयोङ मोटर्सले ल्यायो ‘माइन्ड ब्लोइङ’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १०:५४

स्याङयोङ मोटर्सले नाडा अटो शोमा अधिकतम छुटका साथ ‘माइन्ड ब्लोइङ’ अफर ल्याएको जनाएको छ। भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीको स्टल नं. एच १४ रहेको छ।

नाडा प्रदर्शनी २०१९ मा कम्पनीले मुसो ग्राण्ड प्रदर्शनीमा राखिएकोे जनाएको छ । यसको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्। आकर्षक मूल्य र उपयोगिताको हिसाबले मांसपेसी स्पोर्ट युटिलिटी ट्रकको आफ्नै विशेषता रहेको कम्पनीले बताएको छ।

नेपालको लागि आईएमएस ग्रुपअन्तर्गत स्याङयोङको एकल वितरक आईएमएस मोटर्सको ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी एसयूभी ल्याएको छ। यसमा रेक्स्टन, कोरान्डो, टिभोली, एक्सएलभी र एक्टयोन स्पोर्ट र द लेटेस्ट सुट, मुसो छ। यो अफरअन्तर्गत कम्पनीले आफ्नो ग्राहकरुलाई अत्यधिक छुट दिने भएको छ। कोरियन लक्जरी एसयूभीमा कम्पनीले भर्खरै मार्केटमा आएको सामसुङ ग्यालेक्सी नोट १० अफर गर्नेछ ।

रेक्स्टन, कोरान्डो, टिभोली, एक्सएलभी र एक्टयोन स्पोर्ट मोडलको गाडी खरिदमा यो अफर लागू गरिएको छ। कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसँग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । ती ग्राहकहरुलाई तत्काल बेस्ट स्पोर्ट एक्सचेन्ज सुविधा दिने र पुराना गाडीको उचित मूल्य दिने भएको छ।

साथै कम्पनीले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र २५ हजार रुपैयाँसम्मको सामान दिने बताएको छ । मुसो ग्रान्डको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?