Comments Add Comment

सुजुकीले नाडामै ल्यायो ‘एक्सएल-६’, किन छ यो विशेष ?

सीजी मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल-६ गाडी सार्वजनिक गरेको छ । यो प्रिमियम डिजाइनको मल्टिप्रपोज गाडी हो । ६ सिट क्षमताको यो गाडी भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।

यसको भित्री रुप प्रभावशाली छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस सिर्जना गरिएको छ ।

यो नै यसको प्रमुख विशेषता हो । उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रशबार डिजाइन, एलईडी डीआरएलएस, हेड ल्याम्पहरुले यो बास्तवमै यसलाई बलियो देखिएको छ ।

कालो अलोय ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैंमा आकर्षक बन्न पुगेको छ ।

उत्कृष्ट इन्टेरियर

एक्सएल६ मा पर्याप्तभित्री स्पेस रहेको छ जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न हुन्छ । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवं विशेषतायुक्त छन् ।

यसमा भएका थुप्रै विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेक्सा सेफ्टी सिल्डको साथ सम्पूर्ण रुपमा सुरक्षित छ ।

भ्यान्टिलेटेड कपहोल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताहरुले सुरक्षा एवं सहजताको तहलाई अझै माथि पुर्‍याएको छ ।

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने,’पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ, यसै मूल्य एवं मान्यतालाई आत्मसाथ गर्दै हामीले एक्सएल-६ गाडी प्रस्तुत गरेका छौं ।’

उनले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्न गाडी स्ाक्षम रहेको बताए । ‘सबैभन्दा बढी खोजिने स्टाइल र कम्फोर्ट नै हो, जुन यसमा छ । आकर्षक स्टाइल, खुल्ला भित्री स्थान, सुविधा, कार्य क्षमता तथा सुरक्षा जस्ता प्रमुख विशेषता यसमा छन्,’ चौधरीले भने ।

यसमा मनोरन्जनको लागि १७.८ सेमिको स्मार्टप्ले स्टुडियो टचस्कि्रन रहेको छ, जसले गर्दा गाडी चलाउँदाको अवस्थामा स्मार्ट प्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ । साथै इन्धनकम भएको जानकारी फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रीनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आबद्ध गर्न सकिन्छ ।

बलियो इन्जिन

एक्सएल ६ बीए६ के १५ पेट्रोल इन्जिनको साथ स्मार्ट हाइबि्रड प्रविधिको प्रयोग गरिएको छ । यसमा लि-आईओन व्याट्री रहेको हुन्छ । के-१५ इन्जिनले ७७ किलोवाट मा ६ हजार आरपीएमको शक्ति उत्पादन गर्छ । यसको अधिकतम टर्क १३८ एमएममा ४ हजार ४ सय आरपीएम छ । साथै यसमामा ५ म्यान्युअल तथा ४ अटोमेटिक ट्रान्समिसनको विकल्प छ । यसमा ५ स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक ट्रान्समिसन  छ । यो १४६२ सीसीको गाडी हो ।

सुरक्षित गाडी

यसमा ५ औं पुस्ताको प्ल्याटर्फम, फ्रन्टल अफसेट इम्प्याक्ट, साइट इम्प्याकट र बटुवा सुरक्षा जस्ता सुरक्षालाई समायोजन गरिएको छ ।

यसमा एयर ब्याग, एबीएस, छ । ईबीडी फ्न्ट सिट बेल्ट, पि्र ट्रान्जिसनर,  र फोर्स लिमिटर्स, आईएओफिक्स चाइल्ड सिट छ । यसमा हाई स्पीड वार्निङ अलर्ट, रिभर्स पार्किङ सेन्सर जस्ता विभिन्न सुरक्षा सुविधा छ ।

यसको मूल्य जेटा भेरियन्टमा ४६ लाख ९९ हजार र अल्फामा ४७ लाख ९९ हजार रुपैयाँ छ । यो गाडी नेक्सा ब्लु, ब्रेभ खाकी, अर्बान रेड, म्याग्मा ग्रे, पि्रमियम सिल्भर र आर्कटिक ह्वाइट कलरमा उपलब्ध छ ।

कस्तो छ गाडी, भिडियोमा हेर्नुस् ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment