+
+
Shares

जन्मियो विश्वकै सानो बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते ११:०८

बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ ।

ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो ।

१८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको थियो भने शरीरको लम्बाइ ११ इन्च थियो । मार्गरेटस्थित एक अस्पतालमा उनको जन्म भएको थियो ।

उक्त शिशु अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । शिशुले भेन्टिलेटरको माध्यमबाट स्वास लिने र ट्युबबाट खाना खुवाउने गरिएको छ । अहिले शिशुको तौल ८ सय २५ ग्राम जति भएको छ ।

२३ हप्तामै जन्मिएकी उक्त शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?