Comments Add Comment

पूजा भन्छिन्–‘फिल्म बलियो छ भने कलाकार चल्ने हो’

‘झुर काम गरेको छु भने गाली खान तयार छु’

नायिका पूजा शर्मा अहिले एकपछि अर्को चलचित्रमा व्यस्त छिन् । उनलाई चलचित्रको अफर पनि राम्रो आइरहेको छ । चलचित्रमा महंगो पारिश्रमिक लिएर काम गर्ने कलाकारमा उनको नाम सबैभन्दा अगाडि आउँछ । लगातार २ वटा चलचित्रमा २० लाख पारिश्रमिक लिएर काम गरेकी उनको चर्चा र आलोचना दुबै भयो ।

कलाकारले महंगो पारिश्रमिक लिएपछि त्यसको प्रतिफल निर्मातालाई दिन सक्नुपर्छ भन्ने टिप्पणी पनि नभएको होइन । तर, नायिका शर्मा चलचित्रको शेयर उठाइदिने काम कलाकारको नभएको बताउँछिन् । उनले भनिन्–‘मलाई मेरो नामले कती शेयर उठ्छ या उठ्दैन भन्ने थाहा छैनँ । मैले पारिश्रमिक लिए अनुसारको काम गर्ने हो । काम गर्न सकिनँ भने म गलत हुन्छु ।’

पूजाले आफूले दर्शकलाई घरबाटै तानेर ल्याउन नसक्ने बताइन् । भनिन्–‘चलचित्र बलियो भयो भने कलाकार चल्छन् । कलाकारले गर्दा चलचित्र चल्ने होइन । म पनि राम्रो चलचित्रमा काम गरेर चलेकी कलाकार हुँ ।’

पूजाले चलचित्रको ग्रस कती गराउने भन्ने जिम्मा कलाकारको नभएको स्पष्ट पारिन् । उनले भनिन्–‘मैले पारिश्रमिक लिएपछि राम्रो काम गर्नुपर्छ । दर्शकले मलाई झुर काम गरेको रहेछ भनेर आलोचना गर्नुभयो भने म स्विकार गर्न तयार छु ।’

उनले भनिन्–‘हामीले कुनै स्क्रिप्टमा विश्वास गरेर नै काम गरेका हुन्छौ । अब, सबै दर्शकलाई सो स्क्रिप्ट मनपर्छ भन्ने पनि छैन । हामी चलचित्रको कामदेखि प्रमोशनमा खुबै खट्छौ । अब, खट्दा खट्दा भएन भने त के गर्न सकिन्छ र ?’
नायिका शर्मा अभिनित चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा काम गर्दा पूजाले २० लाख पारिश्रमिक लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment