+
+
Shares

दराजले सन् २०२२सम्म १ लाख रोजगार सिर्जना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १८:१०

१२ भदौ, काठमाडौं । दराजले काठमाडौँको मरियट होटेलमा प्रेस सम्मेलन आयोजना गर्‍यो । उक्त सम्मेलन दराजका ग्लोबल सीइओ ब्यार्के मिकेल्सन, दराज नेपालका प्रबन्धक लिनो अर्लिङ्ग र जय कविले संचालन गरेका थिए ।

कार्यक्रममा मूख्यवक्ताका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय का उपसचिव बुद्धिप्रसाद उपाध्याय, शाखा अधिकृत आश्विनकुमार पोखरेल, सामसङका महाप्रबन्धक आइएमबिज प्रणय रत्न स्थापित र सोनामगियर्सका सीइओ तथा संस्थापक ताशी चोम्बेको सहभागिता रहेको थियो ।

सम्मेलनमा दराजको डिजिटल यूगमा सबैलाई जहाँबाट पनि व्यापार गर्न सहज बनाउनेू साथै नेपालमा २०२२ सम्म १ लाख रोजगार का अवसर र्सिजना गर्ने उद्देश्य सार्वजनिक गरिएको थियो । हाल दराजमा २५०० भन्दा बढी बिक्रेताहरु दराजको प्रबिधिको प्रयोग गर्दै आएका छन् ।

‘दराज एउटा मल, बजार, र कम्यूनिटी पनिहो जुन सबै तपाइको खल्तिभित्रै समावेश हुनसक्छ । दराजले २५०,००० भन्दा बढी सामानहरु १०० भन्दा बढी खण्डहरुमा विभाजित गरी उपभोक्ता सामु पुर्‍याएको छ,’ ब्यार्के मिकेल्सनले भने,’ अहिले ७५ हजार भन्दा बढी नेपालीहरु दराजको दैनिक प्रयोग गर्दछन । हाम्रो अनुमानअनुसार नेपालमा हामीले अहिलेसम्म ५,००० भन्दा बढी रोजगार उत्पादन गरेका छौं र दराज युनिभर्सिटीमार्फत हरेक महिना ५०० नयाँ बिक्रेताहरु दराजमा समावेश गर्दछौं ।’

दराजका प्रबन्ध निर्देशक लिनो अर्लिङ्ग र जयकवि ले दराज ले २०२२ सम्म पुरा गर्ने ६ महत्वाकांक्षी लक्ष्यहरुबारे जानकारी दिए ।

सन् २०२२सम्म इकमर्स उद्योगमा १०० प्रतिशतभन्दा बढी वृद्धि गर्ने, २० हजार ००० बिक्रेतालाई दराज युनिभर्सिटीमा समावेश गर्ने, उपभोक्ताहरुको लागि सामान वितरण तथा आपूर्ति प्रक्रियालाई डिजिटाइज गर्ने, उत्कृष्ट सुविधाजनक, सहज, तथा समय सान्दर्भिक भएर दराज प्रयोगकर्ताहरुको संख्या ५० लाखसम्म पुर्‍याउने, ५० लाखउपभोक्ता सामु डिजिटल पेमेन्ट अर्थात् अनलाइन भुक्तानी सुविधा र १ लाख रोजगार को अवसर सिर्जाना गर्ने लक्ष्य छ ।

दशैंको अवसरमा दराज ले भदौ २९ देखीअशोज १३ सम्म थुप्रै ब्रान्डहरुमा थुप्रै छूट दिने गरी योजना पनि सार्वजनिक गरेको छ ।

अलिबाबा ग्लोबलको सबै भन्दा ठुलो सेल दिवस ११-११ पनि यस कार्तिक २५ गते हुने घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?