Comments Add Comment

सहासिक र रोमाञ्चक सेटमा यसरी हुँदैछ ‘जिप क्याम्प’ (भिडियोसहित)

ऐतिहासिक विरासत बोकेको अमेरिकी एसयुभीमेकर जिपले आफ्ना एसयुभीहरुको क्षमता परीक्षण (क्यापाबिलिटी टेस्ट)गर्न चारदिने क्याम्प जिपको सुरुवात गरेको छ ।

नेपालका लागि जिपको आधिकारिक वितर एमएडब्लु लाइफले बिहीबार क्याम्प जिपमा अटो मिडियाकर्मी र ‘एसयुभी इन्थुजियास्ट’हरुलाई आमन्त्रण गरेको थियो ।

जसमा उनीहरुले काठमाडौं, बग्गीखानास्थित साल्ट ट्रेडिङमा बनाइएको कृत्रिम अफरोड ट्रायलमा भर्खरै सार्वजनिक भएको जिप कम्पास ट्रायलहक र जिप कम्पास लिमिटेड प्लसको क्षमता परीक्षण गरे ।

यो कृत्रिम अफरोड ट्रायलमा जिपको क्षमता जाँच्न रक क्लाइम्बिङ, आर्टिकुलेसन, म्यानुराबिलिटी, ठाडो उकालो र ओरालो र बलौटे अवरोधहरु राखिएका थिए ।

एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले आफैंले यी ट्रायलमा जिप कम्पास ट्रायलहक हाँकेर क्याम्प जिपको उद्घाटन गरेका थिए ।

अग्रवालका अनुासर जिपका कारहरुबारे ग्राहकवर्गमा रहेको जिज्ञाशा मेटाउन यस्तो ट्रायल ‘जिप क्याम्प’ गरिएको हो ।

यसले काठमाडौंमा बसेर अफरोडमा पनि कसरी जिपका गाडीहरु लिएर जान सकिन्छ भन्ने जानकारी र अनुभव दिलाउने उनले बताए ।

जिपको भर्खरै नेपाल आएको ट्रेलहक र कम्पास लिमिटेड प्लसमा जोकसैले पनि यहाँ पुगेर टेस्ट ड्राइभिङ र राइडिङको  मज्जा लिन सक्नेछन् । यसका लागि काठमाडौंकै मुटुमा जिपले आकर्षक तबरले ट्रायल सेन्टर सजाएको छ ।

जिपका विज्ञहरुको सुपरीबेक्षणकै यस्तो रोमाञ्चक टेस्ट ड्राइभको मज्जा लिन सकिने छ । यहाा जानका निम्ति नाडाको स्टलमा पुगेका ग्राहकले नाम दर्ता गराएर निःशुल्क टिकट लिन सक्नेछन् ।

जिप एक वर्षअघि औपचारिक रुपमा नेपाल भित्रिएर १० भेरियन्टको कम्पास लन्च गरेको थियो । यो अवधिमा दुई सयभन्दा बढी जिप एसयुभीहरु नेपालमा विक्री भइसकेका छन् ।

एमएडब्लु लाइफले केही दिनअघि मात्र जिप कम्पास ट्रायलहक सार्वजनिक गरेको थियो । नयाँ अल ह्विल ड्राइभ -एडब्लुडी) ट्रालयहकमा बीएस ६ इन्जिन, सुधि्रत ट्रान्समिसन, फ्युल इफिसेन्सी, सुपरेरियर अफरोड क्यापालिबटी र मल्टि टेरेन मोड रहेको छ ।

जिप कम्पासमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन राखिएको छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।

९ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको यो एसयुभीमा अटो, स्नो, मड र स्यान्ड मोडसहित नयाँ रक मोड थपिएका आएको छ । नेपालमा जिप कम्पासको मूल्य एक रकेाड २४ लाख ९० हजार तोकिएको छ ।

एमएडब्लु लाइफले केही महिनाअघि मात्र आफ्नो फुल्ली लोडेड कम्पास लिमिटेड प्लस सार्वजनिक गरेको थियो ।

जुन पेट्रोल र डिजेलतर्फ टु ह्विल ड्राइभ अटोमेटिक, र डिजेलतर्फ फोर हि्वल ड्राइभ म्यानुअलमा उपलब्ध छ । यसको मूल्य ९७ लाख ९० हजार रुपैयाँदेखि एक करोड पाँच लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

क्याम्प जिप आउँदो १५ भदौसम्म काठमाडौं बग्गीखानामा सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment