Comments Add Comment

नाडामा ७४ र ६२ लाखका बाइक, कसले चढ्लान् त ?

१३ भदौ, काठमाडौं । भकृटीमण्डमा चलिरहेको नाडा अटो शोमा मोटरसाइकल तथा स्कुटीका स्टकलमा ग्राहकको भीड छ । शोमा दुई वटा महंगा बाइकले निकै चर्चा बटुलेका छन्, ती हुन् एभी अगस्टाको ‘ब्रुटाले ८०० आरआर एलएच ४४’ र ‘एफ फोर-१०००’ ।

‘ब्रुटाले ८०० आरआर एलएच ४४’को मूल्य ७३ लाख ९० हजार छ भने एफ फोर-१०००को ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एम भी अगस्टा मोटरसाइकलको नेपाल विक्रेता गियर भेञ्चर प्रालिले यी बाइकलाई नेपाल ल्याएको हो । अर्डर भऐमा केही समयभित्रै कम्पनीले यी बाइक डेलिभरी गर्नेछ ।

स्पोर्टी यी बाइकहरु निकै लक्जरी र शानदार छन् । हेर्दा मात्रै हैन, चलाउाद पनि यसले सडकमा आफ्नो स्फुर्ति र स्टाइल देखाउँछ । विश्वका सबैभन्दा शक्तिशाली नेकेड स्पोर्ट्स बाइक उत्पादक हो एमभी अगस्टा ।

७४ लाखको बाइक

कम्पनीको ७४ लाख मूल्यको ‘ब्रुटाले ८०० आरआर एलएच ४४’ बाइकले १४० हर्सपावर र ८७ एनएम टर्क उत्पादन गर्छ ।


विश्वमा १७४ वटा मात्रै यो मोडलका बाइक उत्पादन भएका छन् । नेपाल ल्याइएको बाइक दक्षिण एसियामै पहिलोपटक आएको ब्रुटाले ८०० आरआर एलएच ४४ मोडल हो ।

यसमा कार्वन फाइबर कम्पोनेन्ट र मेसिन्ड बिलेट कन्ट्रोल फिचर्स छ । यसमा लिक्विड र आयल रेडियटर कुलिङ प्रविधि जोडिएको छ ।

३ सिलिन्डरको यो बाइकमा फोर स्ट्रोक र १२ भल्भ छन् । यो ७९८ सीसीको बाइक हो ।

२०४५ एमएम लामो, ८७५ एमएम चौडा र ८३० एमएम उचाईको छ यो बाइक । ग्राउन्ड क्लेयरेन्स नै १३५ एमएमको छ ।

कस्तो छ ‘एफ फोर-१०००’ ? 

६१ लाख मूल्यको ‘एफ फोर-१०००’ मोडलको बाइकले पनि धेरैको ध्यान तानेको छ । यो मोटरसाइकल ९ सय ९८ सीसी इन्जिन क्षमताको हो ।

यो बाइकमा ४ सिलिन्डरको इन्जिन छ । यो बाइकले १३४०० आरपीएममा १९५ हर्स पावर शक्ति उत्पादन गर्छ । अधिकतम् ९६०० आरपीएममा १०.८ एनएम टर्क जेनेरेट गर्छ ।

इन्जिन म्यानेजमेन्ट सिस्टम टर्क कन्ट्रोलमा ४ वटा म्याप्स र ८ तहको इन्टरभेन्सन राखिएको छ । यो बाइक १९१ केजी तौलको छ । १७ लिटरको इन्धन ट्यांकी छ ।

कम्पनीले ५७ लाख ९० हजार मूल्यको टुरिज्मो पनि प्रदर्शनमा राखेको छ ।

नेपालमा यस्ता बाइक चढ्ने सीमित धनाढ्य शौखिनहरु छन् । महंगा बाइक पारखीहरुका लागि एमभी अगस्टाले विभिन्न मोडलका बाइकहरु नेपाल ल्याएर बेचिरहेको छ । कम्पनीले डेढ करोडसम्म मूल्य पर्नेका बाइक नेपालमा विक्री गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment