Comments Add Comment

ब्वायफ्रेण्डसँग भेट्न शहरभरी सूचना

काठमाडौं । मान्छे प्रेममा पागल हुन्छ भनिन्छ । यसको उदाहरण अष्ट्रेलियाकी एक युवतीले पेश गरेकी छिन् ।

ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट गर्नका लागि अनौठो उपाय अपनाएकी छिन् । उनको त्यो कार्यबाट शहरका धेरै मानिस दिक्क भएका छन् ।

ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट्न शहरका भित्ता-भित्तामा सन्देश लेखिरहेकी छिन् र पूर्वप्रेमीलाई आफूसँग भेट्न अपिल गरिरहेकी छिन् ।

अस्ट्रेलियाको फ्रेन्कटाउनमा पार्क, पब्लिक बाथरुम, बार्बिक्यू तथा सबैजसो पर्खालहरुमा उनले सन्देश लेखकी छिन् । उनले लेखेकी छिन्, ‘क्रिस, यो संसारमा बच्चा आउनुअघि नै तिमीले मसँग कुराकानी गर्नु आवश्यक छ ।’

ती महिलाले लेखेका सन्देशहरुका तस्वीर मानिसहरुले सोसल मिडियामा शेयर गरिरहेका छन् । पूर्व प्रेमिकाले पूरै सहर फोहोर पार्नुअघि उनीसँग भेट गर्न मान्छेहरुले क्रिसलाई आग्रह गरिरहेका छन् । कतिपय मानिसचाहिँ ती युवतीलाई गर्भवती बनाएर ब्रेकअप गरेका क्रिस भन्ने व्यक्तिलाई छिट्टै उनको सम्पर्कमा आउन भनिरहेका छन् ।

तर यति हुँदासम्म पनि ती महिलासँग उनका पूर्वप्रेमी क्रिसले अहिलेसम्म पनि भेटघाट गरेका छैनन् । उल्टै ती महिलालाई पुलिसले गिरफ्तार गर्यो । उनीमाथि जानुबुझी सार्वज्निक सम्पत्ति नोक्सान गरेको अभियोग लगाइएको छ । यद्यपि उनी धरौटीमा छुटिन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment