+
+
Shares

‘पृथ्वीराज चौहान’मा अक्षय र मानुषी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १२:१६

बलिउडका सफल नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको तयारीमा लागेका छन् । उनले नयाँ चलचित्र ‘पृथ्वीराज चौहान’मा हिन्दुस्तानका सम्राट राजा पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्दैछन् । ऐतिहासिक कथामा निर्माण हुन लागेकाले पनि मिहिनेत धेरै गर्नुपरेको अक्षयले बताउँदै आएका छन् ।

यो चलचित्रमा अक्षयको जोडीको रुपमा सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लर देखिदैछिन् । मानुषीको यो डेब्यू चलचित्र हो । एक सातादेखि मानुषी चलचित्रको वर्कसपमा सामेल भइरहेकी छिन् । यो चलचित्रको लागि मानुषीले नृत्य र अभिनय पनि सिकिरहेकी छिन् ।

यशराजको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निर्माताले महंगो रकम खर्च गर्दैछन् । चलचित्रलाई चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्नेछन् । नायक अक्षय कुमारका बर्षमा ४ वटासम्म चलचित्र रिलिज हुने गरेका छन् । तर, सबै चलचित्र बक्स अफिसमा सफल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?