Comments Add Comment

सेजन अध्यक्षमा गौतम निर्वाचित

१५ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्ष पदमा भीम गौतम निर्वाचित भएका छन् । गौतमले प्रतिस्पर्धी  मोद ढकाललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । शनिबार राजधानीमा सम्पन्न समाजको २० औं साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सेजन उपाध्यक्षमा कारोबार दैनिकबाटै सरु ढकाल निर्वाचित भएकी छिन् ।

नेपालन्यूजडटकमका विण्णु बेल्वासे र ढकालको मत बराबरी भएपछि उपाध्यक्षमा गोलाप्रथाबाट नतिजा निकालिएको थियो । महासचिवमा क्यापिटल नेपाल डटकमका सुजन ओली निर्वाचित भएका छन् । उनले एपीवान टेलिभिजनका अच्युत पौडेललाई पराजित गरे ।

सचिवमा नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल निर्वाचित भए । उनले कान्तिपुर दैनिकका राजु चौधरी र रिपब्लीकाका सागर घिमिरेलाई हराएका हुन् । कोषाध्यक्षमा इमेज च्यानलका हिमाल पौडेल निर्विरोध निर्वाचित भए । सदस्यहरुमा नयाँ पत्रिका दैनिकी मुना कुँवर, अन्नपूर्ण पोष्टका विनय बन्जरा, द हिमालयन टाइम्सका सुजन ढुंगाना, क्यापिटल नेपालकी कमला अर्याल र अभियान दैनिककी हेमा विक विजयी भएका छन् । सेजनमा २ सय ५५ सक्रिय आर्थिक पत्रकारहरु सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment