Comments Add Comment

केराको बोक्राको फाइदै-फाइदा

केरा एउटा यस्तो फल हो, जुन भिटामिन, मिनरल तथा प्रोटिनले भरिपूर्ण हुन्छ । आफ्नो शरीरको तौला बढाउन होस् अथवा घटाउन, केरा नै उपयोगी हुन्छ । पाकेको केरा त हामी बडो स्वादले खान्छौं,  तर के तपाईंलाई थाहा छ, केराको बोक्रामा पनि निकै उपयोगी गुणहरु लुकेका हुन्छन् भन्ने कुरा ?

यदि तपाईंले अहिलेसम्म केराको बोक्रालाई फोहोर सम्झेर त्यत्तिकै फ्याँकिरहनु भएको छ भने अबदेखि त्यस्तो नगर्नु होला । किनभने केराको बोक्रामै यति धेरै गुण तथा फाइदाहरु छन्, जसका बारेमा तपाईंलाई जानकारी नै छैन । त्यसमा भएको भिटामिन, कार्बोहाइड्रेट, एन्टि अक्सिडेन्ट तथा पोटासियम जस्ता तत्वहरु तपाईंको छालाको लागि कुनै वरदानभन्दा कम छैन ।

के-के छन् त केराको बोक्राका फाइदाहरु ?

-यदि तपाईंको अनुहारमा छालासम्बन्धी समस्या जस्तो डण्डिफोर, एक्ने अथवा कालो दाग आएको छ भने केराको बोक्राले तपाईंलाई सहयोग गर्न सक्छ । त्यसका लागि केराको बोक्रामा मह लगाएर अनुहारमा हल्का हातले मसाज गर्ने र केही समयपछि सफा पानीले अनुहार धुनु भयो भने तपाईंले छालाका समस्याबाट छुटकारा पाउने हुनेछ ।

-ब्ल्याक हेडको समस्याका लागि पनि केराको बोक्रा उपयोग गर्न सकिन्छ । त्यसका लागि केराको बोक्रालाई मिचेर त्यसमा आधा चम्चा कागतीको रस तथा एक चिम्टी बेकिङ पाउडर मिसाउने । त्यसपछि उक्त मिश्रणलाई ब्ल्याक हेड आएको ठाउँमा लगाउने र दश मिनेटपछि सफा पानीले धुने । त्यसो गर्दा ब्ल्याक हेडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-दाँतमा भएको पहेंलोपनलाई हटाउनका लागि पनि केराको बोक्रा निकै नै प्रभावकारी मानिन्छ । करिब एक हप्तासम्म सधैं बिहान एउटा केराको बोक्राले दाँतमा राम्ररी रगडेर कुल्ला गर्नु पर्छ । यसो गर्दा दाँतको पहेंलोपनबाट छुटकारा पाउन सकिन्छ ।

-आँखाको तल्लो भागमा कालो हुने समस्याबाट ग्रसित हुनुहुन्छ भने त्यसमा पनि पनि केराको बोक्रा काम लाग्छ । त्यसका लागि केराको बोक्रालाई मिक्सर-ब्लेन्डरमा पिस्ने र त्यसमा एलोभेरा जेल मिसाएर आँखाको तल्लो भागमा लगाउने । उक्त पेस्ट सुकेपछि राम्ररी पखाल्नु पर्छ ।

-केराको बोक्रामा पाइने एन्टि अक्सिडेन्टले छालाको चाउरीपनाबाट पनि छुटकारा दिन्छ । त्यसका लागि केराको बोक्रालाई मिक्सरमा पिस्ने र त्यसमा दुई चम्चा बदामको तेल मिसाएर अनुहारमा लगाउने । करिव २० मिनेटपछि सफा पानीले अनुहार धुने । यसो गर्नाले अनुहारको छाला चाउरी पर्नबाट जोगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment