+
+
Shares

चितवनमा दुई पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १२:२४

१६ भदौ, चितवन । चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?