
१६ भदौ, काठमाडौं । वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले १ केजी ३ सय ३२ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१२ रामगढवाका १८ वर्षीय विकास श्राव रहेका छन् ।
ना.१३ प ५५२४ नम्वरको मोटरसाईकलमा भारतबाट वीरगञ्जतर्फ आउँदै गर्ने क्रममा चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको चाँदी तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करिव २ लाख ८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रावलाई बरामद चाँदी तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4