Comments Add Comment

यामाहाको महा-एक्सचेन्ज मेलामा के-के छन् सुविधा ? (भिडियोसहित)

काठमाडौं । यामाहाले काठमाडौंमा ‘यामाहा महा-एक्सेन्ज मेला’ चलाइरहेको छ । मोरङ अटो वक्र्स (एमएडब्लु)ले गरेको यो मेलामा ग्राहकहरुको भीड लागेको छ ।

यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको कम्पनीले जनाएको छ । मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भी ३ र एमटी १५ लाई बजारमा ल्याएको  छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आˆनै प्रमाणित प्रविधि एफआई रहेका छन् ।

मेलमा यिनै बाइकमा युवाहरु झुम्मिएका छन् । मेलमा ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कूटर दिएर बजार मूल्यांकनको सबैभन्दा उच्च २० हजार अतिरिक्त ग्यारेन्टी मूल्यका साथ नयाँ ब्राण्डको यामाहामा स्तरोन्नति गर्न पाएका छन् । यसबाट ग्राहकहरु सन्तुष्ट देखएकिो कम्पनी बताउँछ ।

भोलिसम्म चल्ने यो मेला राष्ट्रिय सभा गृह काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्यचकित बनाउने अफर उपलब्ध छ ।

यहाँ १ लाखसम्मको नगद छुट, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् ।

महा-एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक-इन, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनि विशेष आकर्षणका रुपमा रहेका छन् ।

एक्सेन्ज कारोबारका अलावा महा-एक्सेञ्ज मेलामा आउनु हुने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निशुल्क परीक्षण क्याम्प सेवा पनि गर्दैछन् ।

मेलामा अब नयाँ बाइक र दशैं अफर पनि लगाइएको छ । यहाँ दर्जानौं रिकन्डिसन हाउसहरुले बाइकको मूल्यांकन गरिरहेका छन् । एउटा मूल्यांकनबाट चित्ता नबुझाएका ग्रहाकलाई यामाहाले अर्को रिकडिन्सन हाउसको विकल्प दिएर ग्राहकलाई सुन्तुष्ट गराउँदैछ ।

दशैं अफरमा ७ हजारदेखि १० हजारसम्मको क्यास डिस्काउन्ट पनि गरिएको छ । त्यस्तै निःशुल्क एसोसरिज र अन द स्पट फाइनान्स सुविधा पनि मेलामा छ । दैनिक रुपमा लक्की ड्रमार्फत १ लाखसम्म नगद छुटको पनि व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment