+
+
Shares

‘गुञ्जन’मा साराको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते ११:५०

द्धन्द्ध निर्देशक अष्ट महर्जनको निर्देशनमा तयार भैरहेको चलचित्र ‘गुञ्जन’को सेटबाट नायिका सारा सिर्पालीको लुक्स बाहिरिएको छ । यो चलचित्रको मंगलबारदेखि छायांकन पनि सुरु भैरहेको छ । प्रेमकथामा तयार हुन लागेको चलचित्रमा नव–कलाकार प्रितम सेन्चुरी र नायिका सारा सिर्पालीको जोडी देख्न पाइनेछ ।

चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, कविर खड्का, रोहन शाही लगायतका कलाकारको मुख्य भूमिका छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन छ । ए एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रको ९० प्रतिशत छायांकन पोखरामा हुनेछ भने १० प्रतिशत छायांकन काठमाण्डौमा गरिनेछ । चलचित्रलाई फागुणको तेश्रो साता रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?