+
+
Shares

भट्टीबाट निस्किए लगत्तै छुरी प्रहार गरी हत्या, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १५:०६

१७ भदौ, काठमाडौं । सितापाइलाको श्रवरणपुर चोकमा सोमबार राति २५ वर्षीय युवकको हत्या भएको छ । नागर्जुन-५ का २५ वर्षीय आकाश बस्नेतलाई छुरा प्रहार गरेर हत्या गरिएको हो ।

महागनरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी लालध्वज सुवेदीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार पक्राउ पर्नेमा सुर्खेतका हिमांशु क्षत्री, धादिङका साकार भनिने सागर तामाङ र दोलखाका सुवास श्रेष्ठ उर्फ बुलेट छन् ।

बस्नेतसहित हत्या आरोपित सबैले मादक पदार्थ र लागूऔषध सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘उनीहरु चोक नजिकै रहेको भट्टीबाट निस्किने वित्तिकै झगडा भएको रहेछ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘विवाद पनि एकदमै सामान्य विषयमा भएको देखिन्छ ।’

पक्राउ परेका मध्ये हिमांशुसँग सामान्य विषयमा भनाभन भइरहेका वेला साकार आएर छुरा प्रहार गरेको देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् । घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

मृतक बस्नेत वैदेशिक रोजगारीका क्रममा मलेसिया बसेर केहीअघि मात्रै स्वेदश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?