Comments Add Comment

के दीपिकाको जोडी बन्दैछन् पल ?

नायक पल शाहले नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’मा काम गर्ने तयारी गरेको खबर बाहिरिएको छ । यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन तिहारपछि गर्ने कुरा भैरहेको छ । यसैले, पनि अहिले कलाकारको बिषयलाई लिएर चर्चा चलिरहेको छ । केही समय अगाडि यो चलचित्रमा नायक आर्यन सिग्देलले काम गर्न लागेको चर्चा समेत चलेको थियो ।

तर, दिवाकरले २ वटा चलचित्र बनाउन लागेको र अर्को एक चलचित्रमा आर्यनलाई अफर गरेको पनि वुझिएको छ । नायक पल शाह अहिले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकनमा व्यस्त छन् । यो चलचित्र सकिएपछि पलले दिवाकरको चलचित्रमा काम गर्न लागेको खबर सार्वजनिक भएको छ । दिवाकरले पनि पलसँग कुरा भएको तर फाइनल नभएको बताएका छन् ।

चलचित्रमा नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ । दिवाकर र पलको कुरा मिल्यो भने, पल र दीपिकाको जोडी दर्शकले पर्दामा हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment