+
+
Shares

ग्लोवल आइएमई बैंकको शाखा धनकुटाको हिलेमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १९:२२

१७ भदौ, काठमाडौं ।  ग्लोवल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्तरुपमा उद्घाटन गरे ।

मेयर तामाङले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मूल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पुर्याउने बताए ।

उनले बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

उनले बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे ।

ग्लोवल आइएमई बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै उनले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताए ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले बैंकले साना तथा स्थानीय व्यवसायीलाई फाइदा पुग्ने बताए । उनले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गरे ।

यससँगै बैंकको शाखा कार्यालयको संख्या १४२ पुगेको छ । हाल बैंकले १४८ एटीएम, १८४ शाखारहित बैंकिङ सेवा, ३० वटा राजस्व संकलन तथा एक्टेन्सन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?