Comments Add Comment

मेघ गर्जन र चट्याङ्गसहित देशभर वर्षा, यात्रामा सतर्कता अपनाउन सुझाव

१८ भदौ, काठमाडौं । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ ।

मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा लेखिएअनुसार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबार पनि छ । यसको प्रभावले पहाडि भू-भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वसूचना केन्द्रका अनुसार आगामी ३ दिन प्रमुख र मझौला नदीमा बहाव बढ्ने छ । त्यसैले यात्रामा सतर्कता अपनाउन उसले आग्रह गरेको छ ।

सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, चितवन, बारा, सर्लाही, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, नवलपरासी, रुकुम, रोल्पा, प्यूठान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, जाजरकोट भई बहने साना नदीमा बहाव बढ्ने केन्द्रले बुधबार बिहान ट्वीट गरेर जानकारी दिएको छ ।

केन्द्रले गएराति २ बजे ट्वीट गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको र भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको उल्लेख गरेको छ । साना खोलामा आकस्मिक बहाव हुनुको साथै सिन्धुपाल्चोकको कोदारी राजमार्ग र आसपास पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment