+
+

आर्टिफिसियल इन्टिलिजेन्सको फिचरसहितको एलजीका तीन माेडेलका टीभी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १३:०२

काठमाडौं ।  एलजीका टेलिभिजनले ओएलईडी टिभी सार्वजनिक गरेको छ । ललितपुरको सानेपास्थित होटेल भिभान्तामा आयोजित पत्रकार सम्मेलनमा एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले उक्त टेलिभिजन सार्वजनिक गरेको हो ।

एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ मोडेलका टेलिभिजन सार्वजनिक गरेको छ । पहिलो, एलजी ओएलइडी टेलिभिजन नविन प्रविधिमा आधारित टिभीहो । जसको मोटाई ४.३३ एमएम छ । कम्पनीका अनुसार यो टेलिभिजन नपत्याउने गरी हलुको र पातलो छ ।

यसमा नयाँ बनोटमा आधारित यो टिभीमा आर्टिफिसियल इन्टिलेजेन्स प्रविधि जडान गरिएको छ । जसमार्फत् टेलिभिजन बोलीको भरमा चलाउन सकिन्छ । त्यसका लागि गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा प्रविधि जडान गरिएको छ । जसको सहायताले टेलिभिजन सञ्चालन गर्नका लागि आवाज मात्रै निकाले पुग्छ । जसलाई रिमोर्टमै सुविधा थप गरिएको छ ।

दोस्रो, एल जी एआई थिन क्यु जसले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा जस्ता सुविधा प्रयोग गर्न सकिन्छ । जसमा अल्फा ८ जेन२ प्रोसेसर सुविधा छ । जसले तपाईका हरेक गतिविधिलाई नियन्त्रण गर्छ । यसमा ४के एक्टिभ एचडीआर पनि छ । जसले चित्रको गुणस्तर बढाउँछ ।

तेस्रो, नानोसेल टेक्नोलोजीले बिस्तृत रंग छनोटले यसको रंग उन्नत गर्दछ । साथै हेर्न फराकिलो कोण दिन्छ । यसले जुन कोणबाट हेर्दां पनि राम्रो दृश्य दिन्छ । नानोसेल टेलिभिजन ५५ र ६५ इञ्चमा उपलब्ध छ । यसमा यूएचडी टिभी विशेष तरिकाले बनाइएको छ । यसको आईपीएस ४ के डिप्लेले इस्पस्ट र जीवित चित्र प्रदर्शन गर्दछ ।

टेलिभिजन सार्वजनिक गर्दै सीजी इलेक्ट्रनिक्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सूचना प्रविधिको आविष्कासरँगै ग्राहकहरुको आवश्यकता समेत नयाँनयाँ भएको अवस्थामा त्यस्ता आवश्यकताहरुलाई पूरा गर्ने क्रममा यी प्रोडक्टहरु आएको बताउँदै आगामी दिनमा पनि नयाँनयाँ प्रविधिका यस्ता प्रोडक्टहरु भित्र्याउँदै जाने बताए ।

साधारण एलईडी टेलिभिजनभन्दा निकै हलुको र पातलो रहेको उक्त टेलिभिजन घर र कार्यालयको भित्तामा राख्न उपयुक्त हुने गरी डिजाइन गरिएको इलेक्ट्रोनिक्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?