+
+
Shares

जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला   

रासस रासस
२०७६ भदौ १८ गते १७:०९

१८ भदौ, चितवन । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन् ।

चितवनमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए ।

मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिए । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो ।

केन्द्रको कमजोरीका कारण नेविसंघ र तरुणदलले पूर्णता पाउन नसकेको उनले बताए । पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनको टिप्पणी थियो । अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भने, “महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो ।”

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?