Comments Add Comment

कर्णालीमा दीप प्रज्वलन र झण्डा फहराएर संविधान दिवस मनाइने

१८ भदै, सुर्खेत । कर्णाली प्रदेश सरकारले सर्बसाधारणलाई संविधान दिवसमा घरघरमा दीप प्रज्वलन र राष्ट्रिय झण्डा फहराउने निर्देन दिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले संविधान दिवसका अवसरमा प्रदेश अन्तर्गतका मन्त्रालय, मातहतका निकाय र स्थानीय तहरुमा सरसफाइ, सजावट, दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने निर्णय गर्दै सर्बसाधारणलाई पनि दीप प्रज्वलन गर्न निर्देशन दिएको हो ।

बैठकले दिवसका अवसरमा असोज २, ३ र ४ गते  विविध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

असोज ३ गते विहान ७ बजे मंगलगढी चोकबाट प्रभातफेरी निकाली खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तथा मुल समारोह समितिका सदस्य सचिव विनोदकुमार गौतमले जानकारी दिए ।

संविधान दिवस मनाउन बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मुल समारोह समिति गठन गरेको छ ।

समितिको सदस्यमा प्रदेश सभाका सभामुख, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment