Comments Add Comment

बोरिस जोन्सनलाई दोस्रो झट्का, आमनिर्वाचन गर्ने प्रस्ताव पनि अस्वीकृत

१९ भदौ, काठमाडौं । आमनिर्वाचन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्ताव त्यहाँको हाउस अफ कमन्सले अस्वीकृत गरिदिएको छ । समयअगावै आमनिर्वाचन गर्ने जोन्सनको प्रस्तावलाई बुधबार त्यहाँको संसदले अस्वीकृत गरेको हो ।

बि्रटेनको प्रधानमन्त्री पद सम्हालेको छोटो समयमा जोन्सनले व्यहोरेको यो दोस्रो ठूलो हार हो । मंगलबार मात्रै युरोपेली युनियनबाट विनासर्त बाहिरिने -ब्रेक्जिट) प्रस्ताव संसदमा फेल भएको थियो ।

बुधबार भएको ब्रेक्जिटलाई लिएर भएको निर्वाचनमा जोन्सनको पक्षमा ३०१ र विपक्षमा ३२८ सांसद् उभिएका थिए । योसँगै जोन्सनले संसद्मा आफ्नो बहुमतसमेत गुमाएका थिए ।

ब्रेक्जिट प्रस्ताव र आफ्नो बहुमतमा लागेको धक्काबाट बिचलित जोन्सनले आउँदो अक्टुबर १५ मा आमनिर्वाचन गर्ने प्रस्ताव संसद्मा लगेका थिए । तर, ब्रेक्जिट डिलमा जस्तै यसमा पनि उनले सांसद्हरूको साथ पाएनन् ।

बीबीसीका अनुसार, प्रस्ताव पारितका लागि दुई तिहाइ अर्थात् ४३४ मत आवश्यक रहेकोमा उनले मात्रै २९८ मत पाएका छन् ।

यसैबीच, सांसदहरूले संसदमा प्रस्तुत गरेको सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित भएको छ । हाउस अफ कमन्समा बुधवार भएको मतदानमा ३२७ सांसदले पक्षमा मतदान गर्दै विधेयक पारित गरेका हुन् । बीबीसीका अनुसार, यो प्रस्तावको विपक्षमा २९९ सय मत परेको थियो ।

यसबाट रुष्ट बनेका जोन्सनले त्यसलाई आत्मसमर्पण गराउने विधेयकको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment