Comments Add Comment

भियना विश्वकै बस्नयोग्य शहर, नेपालको स्थान कहाँ ?

१९ भदौ, काठमाडौं । विश्वका बस्नलायक शहरको सूचीमा एसियाको स्थान औषतभन्दा तल देखिएको छ । हालै सार्वजनिक विश्वका २३१ शहरहरुको मूल्यांकन सूचीमा प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका शहर भने परेका छैनन् ।

दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले हरेक वर्ष विश्वका बस्न योग्य/अयोग्य शहरको सूची सार्वजनिक गर्छ । विगतझैं सन् २०१९ मा गरिएको सर्भेक्षणमा अन्य महादेशलाई पछि पार्दै युरोपका शहर बस्नलायकको अग्रपंक्तिमा परेका छन् ।

स्वच्छ पर्यावरण र अपराधलाई आधार बनाएर गरेको भनिएको सर्भेमा अस्ट्रियाको भियना विश्वकै बस्नलायक शहरको सूचीमा पहिलो नम्बरमा दर्ज भएको छ । स्विट्जरल्यान्डको जुरिचसहित ३ शहर उत्कृष्ट १० मा परेका छन् । ईआईयूको सर्भेक्षणमा जेनेभा नवौं र बसेल दसौं नम्बरमा परेका हुन् ।

क्यानडाको भ्यानकुभरसहित जर्मनको म्युनिख र न्युजिल्यान्डको अकल्यान्ड समान तेस्रो नम्बरमा पर्न सफल भए । जर्मनको डसेलडोर्फ छैटौं र फ्यांकफर्ट सातौं नम्बरमा सूचीकृत भएका छन् । बस्नयोग्य शहरको आठौं, नवौं र दशौंमा क्रमशः डेनमार्कको कोपनहेगन, स्विट्जरल्यान्डको जेनेभा र स्विटजरल्यान्डकै बसेल परेका छन् ।

अस्ट्रेलियाको सिड्नी र एम्स्टर्डम शान्त शहरका रूपमा चिनिए पनि यी शहर उत्कृष्ट १० मा पर्न सकेनन् । यी दुवै शहर यसपटकको मूल्यांकनमा समान ११ औं स्थानमा परेका छन् ।

दक्षिण एसिया विश्वका अन्य देशको तुलनामा शान्त मानिन्छ । तर, बस्नलायक शहरको सूचीमा यी क्षेत्रका कुनै पनि शहर परेका छैनन् । २३१ शहरको सूची सार्वजनिक हुँदा नेपालको कुनै पनि शहर सूचीमा परेका छैनन् ।

छिमेकी देश चीनका ११ शहरलाई ईआईयूले मूल्यांकनमा समेटे पनि अधिकांश शहर कमजोर देखिएका छन् । तुलनात्मक रूपमा शान्त मानिने सांघाइ शहर नै सूचीको १०३ औं नम्बर छ । राजधानी बेइजिङ त १२० औं नम्बरमा छ ।

अर्को छिमेकी देश भारतको अवस्था पनि नाजुक छ । यसका सात शहरमा गरिएको सर्भेक्षणमा हैदरावाद नै सूचीको १४३ औं नम्बरमा धकेलिएको छ । राजधानी नयाँदिल्ली त भारतका अन्य शहरको पुछारमा अर्थात् १६२ औं स्थानमा छ । अघिल्लो वर्ष १५६ औं स्थानमा रहेको नयाँदिल्ली यस वर्ष ६ स्थान तल खस्किएको हो । भारतको दोस्रो ठूलो शहर मुम्बई पनि दुई स्थान तल खस्किँदै ११९ औं स्थानमा पुगेको छ ।

दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका २१७ औं स्थानमा छ ।

विश्वकै बस्न अयोग्य शहरमा इराकको बग्दाद, सेन्ट्रल अफ्रिकन रिपब्लिकको बांगुङ, यमनको साना, हैटीको पोर्ट यू प्रिन्स परेका छन् ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment