+
+
Shares

 ओलम्पिक कमिटीको चुनाव स्थगित, भदौ २२ पछि टुंगो लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १३:५२

१९ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलि (शुक्रबार) हुने भनिएको चुनाव तत्कालको लागि स्थगित भएको छ ।

सर्वोच्च अदालतलेे गत मंगलबार एनओसीको चुनाव रोक्न अन्तरिम आदेश दिएसँगै भोलि हुने भनिएको चुनाव रोकिएको अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

कमल चित्रकारले एनओसीको चुनाव तत्कालको लागि बदर गर्न सर्वोच्च अदालतमा रिट हालेका थिए । न्यायाधीश टंकबहादुर मोक्तानको इजालस तत्काल चुनाव रोक्नु भन्दै दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएका थिए ।

२० गते हुने भनिएको चुनाव स्थगित गरेको भन्दै अध्यक्ष जीवनरामले भने, ‘हामीले तत्कालको लागि चुनाव रोकका छौं । २२ गते दुबै पक्षलाई अदालतमा उपस्थित हुनु भन्ने आदेश छ । अब २२ गते पछि मात्रै चुनाव कहिले गर्ने भन्ने टुंगो लाग्नेछ ।’

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् । यता, उमेशलाल प्यानलबाट पुरेन्द्रविक्रम लाखे उठेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?