+

एनओसी र फ्रेन्च दूतावासको सहकार्यमा ‘रिले अराउन्ड द वर्ल्ड’

२०८२ चैत  १९ गते १९:४० २०८२ चैत १९ गते १९:४०
एनओसी र फ्रेन्च दूतावासको सहकार्यमा ‘रिले अराउन्ड द वर्ल्ड’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको डल्लु आवासस्थित एनओसीको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा विश्वव्यापी रिले अन्तर्गत टेबल टेनिस कार्यक्रम सम्पन्न भएको छ ।
  • नेपालस्थित फ्रान्सेली दूतावासको आयोजना तथा नेपाल ओलम्पिक कमिटी र अखिल नेपाल टेबल टेनिस संघको समन्वयमा कार्यक्रम गरिएको थियो ।
  • कार्यक्रमले फरक क्षमता र उमेर समूहका खेलाडीलाई एउटै मञ्चमा जोड्दै आपसी सहयोग र एकताको भावना विकास गरेको छ।

१९ चैत, काठमाडौं । काठमाडौंको डल्लु आवासस्थित एनओसीको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार बिहान ‘विश्वव्यापी रिले’ (रिले अराउन्ड द वर्ल्ड) अन्तर्गत एक विशेष मैत्रीपूर्ण टेबल टेनिस कार्यक्रम सम्पन्न भएको छ ।

नेपालस्थित फ्रान्सेली दूतावासको आयोजना तथा नेपाल ओलम्पिक कमिटी र अखिल नेपाल टेबल टेनिस संघको समन्वयमा आयोजित यस कार्यक्रमले खेलकुदका माध्यमबाट कुटनीतिक र सामुदायिक सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य राखेको छ ।

उक्त कार्यक्रममा व्यवसायिक खेलाडी, स्थानीय विद्यार्थी र विभिन्न सरोकारवालाहरूलाई एउटै मञ्चमा जोड्दै ‘ग्लोबल एम्बेसी स्पोर्ट्स इनिसिएटिभ’ को मर्मलाई व्यवहारमा उतारिएको थियो ।

कार्यक्रमको मुख्य विशेषता समावेशी सहभागिता रहेको थियो, जहाँ परम्परागत प्रतिस्पर्धाको घेराभन्दा माथि उठेर फरक क्षमता र उमेर समूहका व्यक्तिहरूलाई सँगै सहभागी गराइयो।

आयोजकले उच्च स्तरका च्याम्पियन खेलाडी र सिकारु विद्यार्थीहरूलाई अलग-अलग राख्नुको सट्टा एउटै टेबलमा मिश्रण गरी अभ्यास र खेल सञ्चालन गरेका थिए। यस रणनीतिक अभ्यासले खेलाडीको क्षमता र पुस्तागत भिन्नतालाई मेटाउँदै आपसी सहयोग र एकताको भावना विकास गर्न मद्दत पुर्‍याएको छ।

विश्वभरका फ्रान्सेली दूतावासहरूले पालैपालो सञ्चालन गर्ने यो ‘रिले’ कार्यक्रमले फरक सामाजिक पृष्ठभूमि र पुस्ताका मानिसहरूबीचको खाडल कम गर्ने एउटा विश्वव्यापी अभियानको रूप लिएको छ।

कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले खेलकुदलाई केवल प्रतिस्पर्धाका रूपमा मात्र नभई विश्व शान्ति, सद्भाव र स्वस्थ नागरिक समाज निर्माणको एक बलियो औजारका रूपमा व्याख्या गरे ।

त्यस्तै, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आधारभूत मूल्यहरू, उत्कृष्टता, सम्मान र मित्रतालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धलाई नागरिक स्तरमा अझ मजबुत बनाएको विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठलगायत अन्य पदाधिकारी, फ्रेन्च दूतावासका कर्मचारी, खेलाडी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नेपाल ओलम्पिक कमिटी रिले अराउन्ड द वर्ल्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय