+
+
Shares

पहिरोले पुरिएर बालकको मृत्यु

रासस रासस
२०७६ भदौ १९ गते १८:१५

१९ भदौ, रोल्पा । पहिराले पुरिएर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो ।

बुधबार बिहान तीजको अवसरमा गरिएको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

सिरक्याङ भीरनजिकैको खोलामा आएको सो पहिरोले घर्तीलाई पुरेको थियो । सो स्थानमा अझै पनि पहिरो आइरहेकाले थप दुर्घटना हुनसक्ने आशङ्काले स्थानीयवासी त्रस्त छन् । प्रहरीका अनुसार मृतक घर्तीको शव परीक्षणका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?