काठमाडौं । असगर अफगानसँग उत्कृष्ट साझेदारी गरेका रहमत शाह टेष्ट क्रिकेटमा शतक बनाउन पहिलो अफगान क्रिकेटर बनेका छन् । यससँगै अफगानिस्तानले बंगलादेशविरुद्धको पहिलो टेष्टको पहिलो दिन ५ विकेटको क्षतिमा बनाएको २७१ रनका साथ टुंग्याएको छ ।
चिटगोङमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानको सुरुवाति दुइृ विकेट सस्तैमा गुमेको थियो । इशानिउल्लाह ९ र इब्राहिम जादरान मात्र २१ रनमा आउट भएका थिए । तर रहमतले तेस्रो विकेटका लागि असगरसँग १२० रनको महत्वपूर्ण साझेदारी गरे ।
उनी १०२ रनमा आउट भए । पहिलो दिनको खेल सकिँदासम्म असगर ८८ रनमा अविजित छन् । अस्गर जजाईले ३५ रनमा रन नटआउट छन् ।
प्रतिक्रिया 4