Comments Add Comment

पीओएसमार्फत भुक्तानी गर्दा अब सेवा शुल्क नलाग्ने

२० भदौ, काठमाडौं । प्वाइन्ट अफ सेल्स (पीओएस) मार्फत भुक्तानी गर्दा अब सेवा शुल्क तिर्न नपर्ने भएको छ ।

हाेटल रेस्टुरेन्ट, सपिङ्ग सेन्टरलगायतले पस मेसिनबाट हुने भुक्तानीमा सेवा शुल्क लिँदै आएकोमा राष्ट्र बैंकले लिन नपाउने व्यवस्था गरेकाे हाे ।

राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ग्राहकसँग खर्च भएको रकममा आफूखुसी केही प्रतिशत थप शुल्क लिने गरेकाले यसमा कडाइ गरेको जानकारी दिए ।

‘केही प्रतिशत अतिरिक्त रकम लिने गरिएको थियो, अब खर्च भएको रकमभन्दा एक रुपैयाँ बढी तिर्नु पर्दैन’ मिश्रले भने ।

राष्ट्र बैंकले यसअघि नै एटीएमबाट रकम निकाल्न सक्ने विद्यमान व्यवस्थामा समेत कडाइ गरिसकेकाे छ ।याे व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बिहीबार नै परिपत्र गरिसकेको  छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment