Comments Add Comment

दक्षिण कोरियामा ब्रा नलगाउने अभियान : कसले र किन सुरु गर्‍यो ?

२० भदौ, काठमाडौं । नेपाली समाजमा महिलाहरुले टाउको र छाती सल वा आँचलले छोप्ने चलन छ । यस्ता महिला संस्कारी भनेर पनि चिनिन्छन् । बच्चैदेखि उनीहरुलाई यस्तो महसुस गराइन्छ कि उनी केटी हुन् र केटाहरुको नजरबाट जोगिन आफ्नो शरीर ढाकिने कपडा लगाउनु पर्छ । यतिसम्म कि महिलाहरुले कस्तो लुगा लगाउने भनेर पनि पुरुषहरुले नै तोकिदिन्छन् । महिलाहरुको सन्दर्भमा यो कुरा नेपालमा मात्रै होइन, लगभग संसारभर नै लागू हुन्छ ।

तर अब समय परिस्थिति पहिलेको जस्तो छैन । आधुनिकतासँगै महिलाहरु आत्मनिर्णयको आधिकार स्थापित गर्न बिभिन्न अभियान चलाइरहेका छन् । यस्तै अभियानमध्येको एक हो- ‘नो ब्रा मुभमेन्ट’ । अर्थात ‘ब्रा मुक्त’ अभियान ।

ब्रा नलगाउने अभियान दक्षिण कोरियाका महिलाहरुले सुरु गरेका हुन् । ह्यासट्याग नो ब्रा अहिले सामाजिक सन्जालमा ट्रेन्डिङमा छ । महिलाहरुले पनि यो अभियानमा साथ दिँदै ब्राविना कपडा लगाएको तस्वीर सामाजिक सन्जालमा शेयर गरिरहेका छन् ।

नायिकाले सुरू गरिन् ‘नो ब्रा’ अभियान  

नो ब्रा अभियानको सुरुवात दक्षिण कोरियाकी गायिका एवम् अभिनेत्री सुलीले गरेकी हुन् । उनले आफ्नो इन्सटाग्राममा ब्रा नलगाएको तस्वीर पोष्ट गरिन् ।

इन्स्टाग्राममा उनका लाखौं फलोअर्स छन् । उनीहरुले यो तस्वीरलाई भाइरल बनाइदिए । त्यसपछि सुली ब्रा मुक्त अभियानको प्रतीक बनिन् । यस अभियानमार्फत् दक्षिण कोरियाका महिलाहरुले ब्रा लगाउने-नलगाउने कुरा आफूहरुको निजी मामिला हो र यो हाम्रो स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाइरहेका छन् ।

केही पुरुषहरुले पनि गायिक सुलीलाई ब्राविनाको फोटो शेयर गरेको भन्दै आलोचना पनि गरेका छन् । तर सुलीलाई समर्थन गर्ने महिलाहरुको संख्या भने बढ्दै गएको छ । हालै एक चर्चित गायिका ह्वासाले पनि आफ्नो बिना ब्रा वाला फोटो राखेर सुलीलाई समर्थन गरेपछि यो अभियानले झन् व्यापकता पाएको छ ।

दक्षिण कोरियामा ब्रा नलगाउने अभियान थालिएको पहिलो घटना भने होइन । सन् १९६८ मा अमेरिका ब्युटी अन्टेस्टको बेला महिलावादीहरुले ब्रा शोषणको प्रतीक हो भन्दै जलाएर विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment