Comments Add Comment

जिम्बाब्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन

२० भदौ, काठमाडौं । जिम्माब्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सिंगापुर गएका उनको त्यही उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।

जिम्बाब्बेका हालका राष्ट्रपति इमर्सन मनगावाले एक ट्वीट गर्दै मुगावेको निधन भएको उल्लेख गरेका छन् । उनले मुगावेको मृत्युबाट आफू स्तब्ध भएको जनाएका छन् ।

मुगावेले सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर ३७ वर्ष सत्ताको नेतृत्व गरेका थिए । जिम्बाबेको राजनीतिक, सामाजिक एवं सामरिक सबै क्षेत्रमा विना कुनै चुनौती उनले निरन्तर पकड जमाएका थिए । तर, जीवनको आखिरीमा उनी पार्टीभित्रैबाट एक्लिएर सत्ताबाट बाहिरिएका थिए । सेनासँगको विवादपछि उनलाई २ वर्षअघि सन् २०१७ मा सेनाले पदमुक्त गराएको थियो । उनी बर्खास्तपछि हाल जिम्बाब्बेमा इमर्सन मनगावा राष्ट्रपतिको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment