Comments Add Comment

शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा हो : राष्ट्रपति भण्डारी

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा भएकाले यसबाट सबै प्रकारका फल फलाउन सकिने बताएकी छिन् ।

४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उपलब्ध स्रोत साधनलाई अधिकतम दिगो र सुन्दरतम् प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको बताइन् ।

राष्ट्रपति भण्डारीले उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिँदो परिवेश र मुलुकको आवश्कता अनुसार पाठ्यक्रम निर्धारण गरी गुणस्तरीय पाठ्यक्रमसहितको अध्ययन कार्य व्यवस्थित गर्न सुझाव समेत दिइन् ।

अध्ययनको क्रममा प्राप्त ज्ञान र सीपलाई वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प साकार पार्न सहयोग पुग्ने विश्वास आफूले लिएको बताइन् ।

राष्ट्रपतिद्वारा ३७३ जना सम्मानित

सोही अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका ३७३ जनालाई विभिन्न पदकले सम्मान समेत गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट २३१ जना, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट १०१ जना र ‘ग’ श्रेणीको नेपाल विद्याभुषणबाट पदक ११ जनालाई सम्मानित गरेकी हुन् । यस्तै राष्ट्रपति भण्डारीले स्नातक तर्फका छात्रा मध्येका २३ तथा प्रमाणपत्र तह तर्फका छात्रा मध्ये उत्कृष्ट ७ जनालाई छात्रा विद्या पदकले सम्मानित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment