Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिता

२२ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले गल्छी -६, धादिङस्थित बागेश्वरी माविको प्रांगणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

कार्यक्रममा कृष्णहरी श्रेष्ठ प्रमुख आतिथी तथा कार्यक्रमको संचालन सांगि्रला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्लेबाट भएको थियो ।

हाजीरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ साक्षरताको पनि वृद्धि हुने भएकोले सांगि्रला डेभलपमेन्ट बैंकद्वारा समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गरी आफ्ना सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको छ ।

बैंकद्वारा हाजीरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आईरहेको छ ।

बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment