Comments Add Comment

बाराबाट १५ टन सुपारी बरामद

२२ भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले १५ टन सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले १५ टन सुपारी बरामद गरेको हो ।

बाराको निजगढ नगरपालिका–९ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा अवैध सुपारीसहितको ट्रक बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.२ ख ३७ नम्वरको ट्रकमा ३१ लाख ३५ हजार ७ सय ५० मुल्य बराबरको भन्सार छली ल्याएको १५ टन सुपारी बरामद गरिएको डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । सुपारीसहितको ट्रक शनिबार नै आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

स्कार्पियो गाडीसहित २ जना पक्राउ

प्रहरीले बाराबाट २० थान स्टेबलाईजरसहित दुईजनालाई पक्राउ गरेको छ । रौतहट बृन्दावन नगरपालिका–७ बस्ने अनिष कुमार पाल र गरुडा नगरपालिका–२ बस्ने रामप्रवेश मण्डल स्टेबलाईजरसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी गस्ती टोलीले बारा परवानीपुर गाउँपालिका–५ गण्डक नहरस्थित सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

भारतबाट भन्सार छली चोरी पैठारी बा.१९च. ३९५४ नम्वरको स्कार्पियो गाडीमा लुकाइ छिपाइ ल्याउँदै गर्दा उनीहरुलाई २० थान स्टेबलाईजर नियन्त्रयणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अनिष कुमार पाल स्कार्पियो चालक हुन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको छ ।

१० लाख मुल्य बराबरको समान बरामद

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको अन्दाजी १० लाख मुल्य बराबरको समान बरामद गरेको छ ।

रेडिमेड कपडा, किराना सामान, चिनी, बिस्कुट, खाने तेल, सरफ, सेम्फु, चपरा, केराउ लगायत समान बरामद गरि आवश्यक कारबाहीका लागि वीरगञ्ज कार्यालयमा पठाईएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment