Comments Add Comment

मधुसुदनको फिल्ममा पनि सौगात र श्रृष्टी

नायक सौगात मल्ल पछिल्ला केही बर्षयता बक्स अफिसमा सफल देखिएका छैनन् । तर, सौगातको जस्तो अभिनय गर्ने कलाकार नेपालमा कम छन् । यहीकारणले पनि सौगात मल्ललाई चलचित्रमा अनुवन्धित गर्न निर्माताले लामो समय सोच्दैनन् ।

यसैले पनि हो, सौगातको हातमा चलचित्रको अभाव नै छैन । उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनको चलचित्र रिलिजको संख्या लामो भैसकेको छ । उनी पनि निर्माताले पत्याएको समयमा चलचित्रमा काम गरिहालौ भन्ने मुडमा देखिएका छन् । तर, सौगातले चलचित्रमा काम गर्दा यसको प्रत्यक्ष फाइदा नायिका श्रृष्टी श्रेष्ठलाई परेको छ । सौगातले आफूलाई अफर आएका चलचित्रमा श्रृष्टीको नाम अगाडि सार्ने भएकाले पनि यो जोडी हरेक चलचित्रमा एकसाथ देखिएको छ ।

निर्देशक मधुसुदन भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पनि सौगात र श्रृष्टी अनुवन्धित भएका छन् । चलचित्रका लेखक संचारकर्मी लक्ष्मण सुवेदीले सामाजिक संजालमार्फत यो कुराको पुष्टी गरेका छन् । चलचित्रको नाम फाइनल गरिएको छैन ।

चलचित्रको छायांकन तिहारपछि अष्ट्रेलियामा हुने बताइएको छ । चलचित्रको बिषयमा अन्य कुनै जानकारी दिइएको छैन । तर, सौगात र श्रृष्टीको जोडीलाई भने दर्शकले एकपछि अर्को चलचित्रमा देख्न पाउने भएका छन् । यी दुई अभिनित चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment