Comments Add Comment

अवैध बालुवासहित ७ ट्याक्टर र चालक पक्राउ

२३ भदौ,  कैलाली । खुटिया नदीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेको अवस्थामा सात वटा ट्याक्टरसहित सात जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले धनगढी उपमहानगरपालिका १९ पथरियाबाट सात वटा ट्याक्टरसहित सात जना चालकलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका १ बसन्त टोलका सञ्जय यादव, सोही ठाउँका सुनिल चौधरी र रामपुकार सहानी, त्यस्तै वडा नम्बर ५ जाईका गजेन्द्र चौधरी, वडा नम्बर ८ का करन चौधरी, वडा नम्बर ६ जालीका ईन्द्र चौधरी र वडा नम्बर ७ मनहेराका बर्षातु चौधरीलाई ट्याक्टरसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दले बताए ।

उनले खुटिया नदीबाट अवैध रुपमा बालुवा लोड गरेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताउँदै आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति कैलाली पठाएको बताए ।

जिल्ला समन्वय समितिले बर्षातको समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइए पनि अटेरी गर्दै बालुवा उत्खनन गरेपछि उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

जिल्लाका सुरक्षा निकायहरुलाई जिल्ला समन्वय समिति कैलालीले निगरानी राखिदिन अनुरोध गर्दै पत्रसमेत पठाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment