+
+
Shares

यूएस ओपन टेनिसको उपाधि नाडाललाई

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते १३:२९

२३ भदौ, काठमाडौं । राफेल नाडालल यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।

आज विहान भएको फाइनलमा रसियन खेलाडी ड्यानिल मेदभेदेभलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् । ३३ वर्षीय नाडालले ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

पहिलो र दोस्रो सेट जिते पनि नाडालले लगातार तेस्रो र चौथो सेट हारेको थियो । तर अन्तिम सेटमा भने ६–४ ले खेल आफ्नो पक्षमा पारेसँगै नाडालले संघर्षपूर्ण जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?