+
+
Shares

हरियो भटमासको भाउ घट्यो

आज मंगलबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरियो भटमासको भाउ घटेको छ ।
  • सोमबारको तुलनामा किलोमा ३१ रुपैयाँले घटेको हो ।
  • वैशाख पहिलो साता हरियो भटमासको मूल्य १ सय ८० देखि २ सय रुपैयाँसम्म पुगेको थियो।

३० वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार हरियो भटमासको भाउ घटेको देखाएको हो ।

आज मंगलबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार हरियो भटमास किलोको १ सय २६ रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज हरियो भटमास किलोमा ३१ रुपैयाँ घटेको हो ।

वैशाख पहिलो साता हरियो भटमास प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?