+
+
Shares

राज्य र नागरिकबीच भावनात्मक सम्बन्ध छैन : सन्तोष परियार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनात्मक सम्बन्धको अभाव भएको बताए।
  • उनले गत चैत १५ गतेको प्रदर्शनमा सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको स्मरण गर्दै नागरिक र सरकारबीचको सम्बन्ध नरम नभएको बताए।
  • परियारले विकास र समृद्धिका लागि राजनीतिक नेताहरूले गरेको प्रयासहरूलाई जाँच गर्न आवश्यक रहेको र यसले मात्रै सम्बन्ध सुधार हुन सक्ने विश्वास व्यक्त गरे।

३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनाको सम्बन्ध स्थापित हुन नसकेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा सरकारी सम्पतिमाति क्षति पुर्‍याउने काम भएको स्मरण गरे ।

त्यस दिन आफू समेत सरकारी गाडी चढेका कारण निशानामा परेको उल्लेख गर्दै उनले नागरिक र राज्यबीच भावनाको सम्बन्ध नरहेको प्रमाण यही भएको बताए ।

नेपाली समाज समृद्ध हुन नसक्दा जनताले विकासको अनुभूत गर्न नसकेको बताए । २००७ साल देखि नै राजनीतिक दलका नेताहरूले विकास गर्छु भनेर राजनीति गर्दै आएको तर, त्यसअनुसार किन विकास हुन सकेन भन्ने जटिल प्रश्न रहेको उनले बताए ।

यसको सत्य पहिल्याएर अगाडि बढ्दा मात्रै विकास र समृद्धि ल्याउन सक्ने र त्यसले राज्य र जनताको सम्बन्ध भावनात्मक हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?