+
+
Shares

५८ दिनदेखि आन्दोलनमा पिछडा वर्ग महासंघ, राज्यले वास्तै नगरेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सरकारले पिछडा वर्ग महासंघको मागलाई ध्यान नदिएको बताएका छन्।
  • पिछडा वर्ग महासंघ ५८ दिनदेखि आन्दोलनमा रहेको र यसको मागमा ओबीसी आयोग गठन, आरक्षण र कर्मचारी नियुक्ति समावेश छन्।
  • उपाध्यक्ष खानले सरकारलाई माग पूरा गर्न ध्यान दिन आग्रह गरेका छन्।

३० वैशाख, काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सरकारले  पिछडा वर्ग महासंघ (ओबीसी)को आन्दोलन र मागलाई वास्ता नगरेको गुनासो गरेका छन् ।

उनका अनुसार नेपाल पिछडा वर्ग महासंघ ५८ दिनदेखि निरन्तर आन्दोलनमा छ । तर, उनीहरूको मागलाई सरकारले वास्त‍ा गरेको छैन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । पिछडा वर्ग महासंघ १९ फागुन २०८१ देखि आन्दोलनमा छ । ‘५८ दिनदेखि आन्दोलन, धर्ना, प्रदर्शन विभिन्न ठाउँमा गर्दा पनि राज्यले हेरेको छैन’, उनले भने ।

सांसद खानका अनुसार पिछडा वर्गले ओबीसी आयोग गठन, ओबीसीलाई आरक्षण र कर्मचारी नियुक्ति सहितका माग राखेका छन् । यो विषयमा ध्यान दिन सरकारलाई उनको आग्रह छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?