+
+
Shares

पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रको पनौती नगरपालिका–५ मा रहेको ढलमल खोलामा आएको बाढीले महिलालाई बेपत्ता बनाएको छ।
  • बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
  • बाढीमा परेर घर फर्कदै गर्दा महिलाको मृत्यु भएको आशंका गरिन्छ र खोजी कार्य जारी छ।

३० वैशाख, काठमाडौं । काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको बाढीबाट हिजो (सोमबार) बेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ ।

उक्त खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । उनको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

खेतबारीबाट काम गरी घर फर्कने क्रममा सोमबार साँझ आएको बाढीमा परेर उनी बेपत्ता भएकी थिइन् ।

लगत्तै, हिजोबाटै उनको खोजी कार्य सुरु गरिएको थियो । फेला पर्न नसकेपछि उनलाई आज बिहान पुनः खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?