Comments Add Comment

भारत निकासी गर्न लागिएको १३ टन छोकडा बरामद

२३ भदौ, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले नेपालबाट भारततर्फ अवैध निकासी गर्न लागिएको ७ टन छोकडा बरामद गरेको छ । पोखरीया नगरपालिका वडा नं. ३ बसतपुरबाट स्थित ना ७ ख ३९८८ नं. को ट्रकमा भारततर्फ निकासी गर्न लागेको १४० बोरा छोकडा नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको छोकडाको बजार मुल्य ७ लाख ७० हजार रुपैयाँ रहेको अनुमान प्रहरीले गरेको छ । नेपालबाट भारततर्फ अवैध रुपमा छोकडा निकासी हुँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले भदौ २१ गते राति पौने ११ बजे छोकडा नियन्त्रणमा लिएको थियो । प्रहरीले ट्रक चालक वीरगञ्ज–१६ बस्ने ३८ बर्षिय बिजय साह तुरहालाई पनि नियन्त्रणमा लिएको छ ।

त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिश्वाबाट प्रहरीले ६ टन छोकडा बरामद गरेको छ । १०० बोरा ६ हजार ९ सय ४० किलो अन्दाजी ७ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको छोकडा बरामद गरेको छ ।

छिपहरमाई–५ भिष्वा पुग्दा वेवारिसे अवस्थामा खाली खेतमा त्रिपालले छोपी राखेको अवस्थामा छोकडा बरामद गरिएको थियो । दुवै स्थानबाट बरामद गरिएको छोकडा, ट्रक र ट्रक चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment