+
+
Shares

करेन्ट लागेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते १३:२४

२३ भदौ, वीरगञ्ज  । वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ३२ बर्षका अजय दासको मृत्यु भएको हो ।

आइतबार साँझ सवा ६ बजेतिरको समयमा वीरगञ्ज -१५ ब्रम्हचौकमा स्थानीय माइक मेहताले बनाउँदै गरेको ओम होटल एण्ड पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।

घाइते अवस्थामा उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी टोलीले घटनास्थल लासजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?