Comments Add Comment

शरद ऋतुमा हिमाल चढ्न ३३६ जनालाई अनुमति

२३ भदौ, काठमाडौं । शरद ऋतु (असोज–कात्तिक) सिजनमा हिमाल आरोहण गर्न आइतबारसम्म ३२६ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार ३७ समूहबाट ती आरोहीले अनुमति लिएका हुन् ।

त्यसमध्ये ८ हजार १६३ मिटर उचाईको मनास्लु हिमालका लागि सर्वाधिक २३७ जनालाई आरोहण अनुमति जारी गरिएको छ । पर्वतारोहण अनुमतिमार्फत आइतबारसम्म ३ करोड ६२ लाख ६३ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । मनास्लुपछि धौलागिरी हिमाल चढ्न धेरै आरोही इच्छुक देखिएका छन् । विभागको तथ्यांक अनुसार धौलागिरीमा २ टोलीका ३० जना सदस्य इच्छुक देखिएका छन् । यो हिमाल ८१६७ मिटर अग्लो हो ।

ल्होत्से हिमाल (८५१६ मिटर) आरोहण गर्न २ समूहका १३ जना सदस्यले अनुमति लिएका छन् । हिमलुङ हिमाल (७१२६ मिटर) ९ जनाले अनुमति लिएका छन् । नुप्त्से हिमाल आरोहणमा ८ जनाको अनुमति जारी भएको विभागले उल्लेख गरेको छ । मकालु हिमाल (८४३६) चढ्न ४ सदस्यले अनुमति लिएको विभागको तथ्यांक रहेको छ ।
आइतबारसम्म सगरमाथा आरोहणमा भने दुई समूहका १० जनाको अनुमति जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment