+
+
Shares

खुल्यो बीपी राजमार्ग

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ।
  • बाढीले डाइभर्सन बगाएको थियो र त्यसलाई मर्मत गरी सडक सञ्चालनमा ल्याइएको हो।
  • सवारीसाधनलाई रोकिएको ठाउँबाट विस्तारै सञ्चालनमा ल्याइँदैछ।

३० वैशाख, काठमाडौं । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।

बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए ।

‘बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ गिरीले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।’

पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।

अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?