+

ताजिकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६ भदौ  २४ गते १३:४५ २०७६ भदौ २४ गते १३:४५
ताजिकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा

२४ भदौ, काठमाडौं । नेपालले ताजिकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

किर्गिस्तानको सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले ताजिकिस्तानलाई १-० गोलले पराजित गरेको हो । यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको जितमा सावित्रा भण्डारीले खेलको ८६औं मिनेटमा हेडर गोल गरिन् । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । नेपालले ताजिकिस्तानलाई अघिकांश समय दबाबमा राखेको थियो ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८-२ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २-० गोलको हार ब्यहोरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय