
२४ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ऐतिहासिक युगको सुरुवात भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पेट्रोलियम पाइपलाइन उद्घाटनप्रति गौरव गर्नुपर्ने बताए ।
पाइपलाइनका कारण इन्धन ढुवानीको लागत घटेर मूल्य पनि घट्ने भन्दै उनले अब नेपालीले धेरै वस्तु सुपथ मूल्यमा उपभोग गर्न पाउने बताए । ‘यसका निम्ति नेपाल सरकार र छिमेकी मित्रराष्ट्रराष्ट्रलाई धन्यवाद दिनुपर्छ । यो एतिहासिक युगको सुरुवात भएकोमा हामीले गौरवको अनूभूति गर्नुपर्छ’ उनले भने ।
सांसद अधिकारीले अब नाकाबन्दी सदाका लागि समाप्त हुने दिन आउन लागेको बताए । चीनसँग सोमबार भएको ३ बुँदे सहमतिले नेपालले नाकाबन्दी कहिल्यै भोग्ने अवस्था नआउने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4