+
+
Shares

प्रहरी हुँ भन्दै किशोरी अपहरण गर्ने ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १९:०६

२४ भदौ, कैलाली । किशोरी अपहरण गरेको आरोपमा प्रहरीले कैलालीमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दीप राना र २९ वर्षीय लोकेन्द्र खडायत रहेका छन् ।

उनीहरुले गएको शनिबार राति धनगढीकी एक किशोरीलाई आफूहरु प्रहरी भएको बताउँदै अपहरण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताए ।

किशोरीको उद्धार गरी अपहरणमा संलग्न तीन जनालाई आइतबार राति नियन्त्रणमा लिइएको डीएसपी बस्नेतले जानकारी दिए ।

अपहरणकारीले प्रहरी भएको भनेपछि किशोरीका आफन्तले प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले नियन्त्रण नलिएको थाहा भएपछि किशोरीको खोजी सुरु भएको थियो ।

डीएसपी बस्नेतले पक्राउ परेका तीनै जनाविरुद्ध अहरण, शरीर बन्धक र जबरजस्तीकरणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?